२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

दुबिचौर सम्पर्क समाज रुपन्देहीद्वारा तीज मिलन

आइतवार , भाद्र १६, २०८१

  • 799
    Shares
  • 799
    Shares
  • बुटवल, १६ भदौ । 
    दुबिचौर सम्पर्क समाज रुपन्देहीले तीज मिलन कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।

    गुल्मीको दुबिचौरबाट रुपन्देहीमा आइ बसोबास गर्ने महिलाहरुलाई आमन्त्रण गरी तीजको दर खुवाउने साथै संस्थाका कार्यसमितिका सदस्यलाई सम्मान समेत गरिएको थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हुम बहादुर बस्नेतले दुबिचौर गुल्मीबाट रोजगारीको लागि  रुपन्देहीमा बसोबास गर्ने महानुभावहरुसँग एक ठाउँमा भेट हुने अवसर जुराइदिएको भन्दै सम्पर्क समाजप्रति आभार प्रकट गरे । उनले आफ्नो गाउँलाई नबिर्सन आग्रह गर्दै अहिलेको समयमा गाउँ खाली हुँदै गएको अवस्थामा सकेसम्म जन्मस्थान फर्कन समेत आग्रह गरे । 

    समाजका अध्यक्ष क्याप्टेन हुम बहादुर खत्रीको अध्यक्षता तथा सचिव राजु थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-09-01 at 7.33.57 AM.jpeg