२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रोटरी तिलोत्तमा रुपन्देहीको दोस्रो क्लब एसेम्ली सम्पन्न

आइतवार , भाद्र १६, २०८१

  • 439
    Shares
  • 439
    Shares
  • तिलोत्तमा, १६ भदौ ।
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले दोस्रो क्लब एसेम्ली सम्पन्न गरेको छ । क्लबले ६४७ औ नियमित बैठकसँगै दोस्रो क्लब एसेम्बली सम्पन्न गरेको हो । क्लब एसेम्लीका अवसरमा क्लबले रोटरी बर्ष २०२४÷२५को प्रारम्भ भएसँगै गरेका विभिन्न कार्यक्रमको बोरमा प्रतिवेदन प्रस्तुत गरेको छ । क्लबका पाँच स्टेरिङ्ग कमिटी अन्तर्गत क्लब एड्मिनिस्ट्रेसन कमिटीको प्रतिवेदन राजुु चौधरी, क्लब सर्भिस प्रोजेक्टको प्रतिवेदन सरोज पन्थ, पब्लिक इमेजको प्रतिवेदन निराजन पोखेल, रोटरी फाउण्डेशनको प्रतिवेदन लक्ष्मण वि.क. र क्लब मेम्बरसिपको प्रतिवेदन शंकर पाण्डेले प्रस्तुत गरेका थिए ।

    दोस्रो क्लब एसेम्बलीको अवसरमा बोल्दै क्लबका अध्यक्ष देवीराम पाण्डेले आफ्नो नेतृत्वको कार्यकाल सुरु भएसँगै क्लबले विभिन्न परियोजना सम्पन्न गरेको बताए । उनले क्लब कार्यकाल प्रारम्भको दुई महिनाको अवधिमा सियारी गाउँपालिकामाा ६ सय भन्दा बढी लाभाान्वित हुने गरी स्वास्थ्य शिविर, ८२ युनिट रगत संकलन गर्दै बृहत रक्तदान, रोटरी रोट्रयाक्ट सदस्यको क्षमता अभिवृद्धिका लागी क्लब कट्स तालिम, विभिन्न व्यक्तिहरुसँग विभिन्न विषयमा अन्तरक्रियासँगै रोटरीका चार सुत्रिय कसि र विभिन्न महत्वपूर्ण सूचना दिने विषयहरुलाई विभिन्न स्थानमा झुण्डाउने कार्यक्रमहरु सम्पन्न गरेको बताए । 

    सो अवसरमा बोल्दै क्लब एसेम्बली कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका लागि एसाइन एसिस्टेन्ट गभर्नर सुमन गोपाल आचार्यले रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले आफनो छुट्टै र विशिष्टकृत पहिचान बोेकेको बताउँदै क्लबले सम्पन्न गरेका परियोजनाले क्लबको पहिचानलाई पुष्टि गर्ने बताए ।

    कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं रोटरी डिष्ट्रिक ३२९२ का सह–सचिव कृष्ण प्रसाद शर्माले रोटरीको विधाअनुसार एक कार्यकालमा विभिन्न पटक गरेर ६ पटक क्लब एसेम्बली गर्नुपर्ने बताए । उनले क्लब एसेम्बलीले क्लबलाई पूनः उर्जा प्रदान गर्ने बताए ।

    क्लबका सचिव अर्जुन प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डोलराज गैरे, पूर्वअध्यक्ष नविन श्रेष्ठ, गोपाल ज्ञवाली, निर्वतमान अध्यक्ष निरज श्रेष्ठ लगायतले बोलेका थिए । 

    WhatsApp Image 2024-08-31 at 5.04.45 PM.jpeg