२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

कुुलमान घिसिङलाई कारवाही गर्नुहुँदैन : सांसद केसी

बुधवार , भाद्र १२, २०८१

  • 577
    Shares
  • 577
    Shares
  • काठमाडौं, १२ भदौ । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाही गर्नु नहुने बताएका छन्।

    बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएका हुन् ।

    उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने नगर्ने भन्दा पनि सम्पूर्ण वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए । उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए। 

    सार्वजनिक लेखा समितिको सदस्य समेत रहनु भएका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए।