२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा प्रथम बालगोपाल उत्सव

मंगलवार , भाद्र ११, २०८१

भैरहवा, ११ भदौ । 
भैरहवामा प्रथम बालगोपाल उत्सव–२०८१ मनाइएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बालगोपाल उत्सव मनाइएको हो । भगवान श्रीकृष्णको जन्मउत्सव र महिमाबारे बालबालिकासहित आम नागरिकलाई जानकारी दिने उद्देश्यले बालगोपाल उत्सव मनाइएको हो । 

द आर्ट अफ लिभिङको आयोजनामा मनाइएको उत्सवमा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई श्रीकृष्ण भगवानको रुपमा सजाइएको थियो । सो अवसरमा श्रीकृष्ण भगवानको महत्व, महिमाको विषयमा जानकारी गराइएको र साँस्कृतिक कार्यक्रम समेत गरिएको दिपेन्द्र प्रधानले जनकारी दिए । 

IMG_0089.JPG
IMG_0080.JPG
IMG_0101.JPG

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णअष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।