२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा तीज विशेष कार्यक्रम

शनिवार , भाद्र ८, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ८ भदौ ।
    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले भैरहवामा तीज विशेष कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले चाडपर्वलाई सामान्य रुपमा मनाएर मौलिक परम्परालाई जोगाउनुपर्ने बताइन् । उनले चाडपर्वलाई भड्किलो बनाउन नहुने धारणा राखिन् ।

    त्यस्तै लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष सम्झना शर्माले महिलाहरु आर्थिक रुपमा सबल बन्नुपर्ने बताइन् ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, सचिव रश्मि कोइरालाको स्वागत तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह–आयोजक  सक्षम सहारा बहुउद्देश्यीय महिला समूह, एकता महिला समूह, राधाकृष्ण मन्दिर परिवार, दिदीबहिनी समूह, श्याम मित्र मण्डल, दुर्गा मन्दिर परिवारका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।