२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

फुलबारी सेवा समाजको अध्यक्षमा पुनः हुकुमराज गुरुङ

शनिवार , भाद्र ८, २०८१

भैरहवा, ८ भदौ ।
फुलबारी सेवा समाज सिद्धार्थनगर नगरपालिका–४, रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार सिद्धार्थनगर–४ स्थित दुर्गा मन्दिरमा भएको अधिवेशनले पुनः हुकुमराज गुरुङको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

समाजको उपाध्यक्षमा बबिता गुरुङ, सचिवमा अन्जिल गुरुङ, कोषाध्यक्षमा रमा कुमारी श्रेष्ठ र सह–सचिवमा श्रीकृष्ण श्रेष्ठ निर्वाचित हुनभएको प्रमुख सल्लाहकार अर्जुन गुरुङले बताए । त्यस्तै कार्यसमिति सदस्यमा सन्तोष गुरुङ, ज्ञानेश गुरुङ, भोला सिंह गुरुङ र विक्रम प्रसाद आचार्य रहेका छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले समाजको विकासमा वडा कार्यालय कहिल्यै पछाडी नपर्ने बताए । उनले समाज र नगरको विकासका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले धर्म संस्कृतिको संरक्षणका लागि वडा कार्यालयले निरन्तर सक्दो सहयोग गर्ने उल्लेख गरे ।

त्यस्तै फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले आफूलाई पुनः अध्यक्षमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिए । उनले भने, ‘सबैको साथ र सहयोगले विभिन्न कार्यक्रम गर्न सफलतापूर्वक सम्पन्न गरेका छौं । आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्छौं ।’

Hukum Raj Gurung.JPG
हुकुमराज गुरुङ

आमा समूहकी अध्यक्ष शुभद्रा पौडेलले फुलबारी सेवा समाजले धेरै राम्रो कार्य गर्दै आएको बताए ।

समाजसेवी कुमार के.सी.ले निर्वाचित सम्पूर्ण टीमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सिद्धार्थनगर–४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेतले समाजमा काम गर्दा आलोचना हुने र आलोचना हुँदा बिचलित हुन नहुने बताए ।

वडा सदस्य हरि बहादुर के.सी.ले फुलबारी सेवा समाजले आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे ।

फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङको अध्यक्षता, सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को प्रमुख आतिथ्यता, समाजका उपाध्यक्ष बबिता गुरुङको स्वागत तथा प्रमुख सल्लाहकार अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साधारण सभामा वार्षिक प्रतिवेदन सचिव अन्जिल गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमा कुमारी श्रेष्ठले प्रस्तुत गरेका थिए ।