२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रास्वपा तिलोत्तमा–८ द्वारा तीज मिलन कार्यक्रम

शनिवार , भाद्र ८, २०८१

  • 319
    Shares
  • 319
    Shares
  • तिलोत्तमा, ८ भदौ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ८ वडा कमिटी, रुपन्देहीले तीज मिलन कार्यक्रम गरेको छ । वडा कमिटीले तिलोत्तमा–८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा उक्त कार्यक्रम गरेको छ ।

    रास्वपा वडा सभापति रामाकान्त भुषालको अध्यक्षता, तिलोत्तमा नगर कमिटी सभापति रुस्तम कंडेलको प्रमुख आतिथ्यता, वडा नम्बर ८ उपसभापति सीता न्यौपाने तिवारीको स्वागत तथा सदस्य प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो ।

    कार्यक्रममा पार्टीको नगर सभापति रुस्तम कंडेल, नगर सचिव कृष्ण तिवारी, वडा नम्बर ८ का सभापति रमाकान्त भुषालले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना दिएका थिए ।

    कार्यक्रममा तिलोत्तमा–८ वडा कमिटीका १५० बढी महिलाहरुको सहभागीता रहेको सदस्य बुद्धि सापकोटाले जानकारी दिए ।

    WhatsApp Image 2024-08-24 at 1.29.39 PM.jpeg