२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रोटरी बुटवल चौतारीमा विभिन्न रोटरीयनहरुको क्लासिफिकेशन

शनिवार , भाद्र ८, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, ८ भदौ ।
    रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४/२५ को सातौं तथा क्लबको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो।

    शनिबारको बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यवसायिकताबारे धारणा राखेका थिए । त्यस अवसरमा उनीहरुले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफूहरु प्रभावित भएर रोटरीमा प्रवेश गरेको जानकारी गराए । 

    मानिसमा चेतनाको विकास गर्न रोटरी जस्ता सामाजिक संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनीहरुले हरेक नागरिकले सेवालाई अवसरको रुपमा लिएर त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिए । उनीहरुले आफ्नो स्वार्थमा कहिल्यै नलागेर सामाजिक काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

    रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लबमा रोटरीयनहरुको सक्रियताले विभिन्न गतिविधि अगाडि बढाउन सहज भएको बताए ।
    रोटरी क्लब अफ बुटवल चौतारीमा नयाँ सदस्यताको प्रमाणपत्र लिंदै पश्चिम नवलपरासी जिल्ला अदालतका न्यायाधीश हरि प्रसाद पंगेनीले आफूमा पनि सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी पैदा भएकाले रोटरीमा प्रवेश गरेको बताए ।

    बैठकमा रोटरीयनहरु सुवास घिमिरे, ज्योती पौडेल, पशुपति पौडेल, भगवती पाण्डे, भिम पौडेल, चन्द्रकान्त खनाल, इन्ट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे लगायतले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यवसायिक क्षेत्रका बारेमा जानकारी गराएका थिए ।