२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

दक्षिण कोरियाको होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु, १२ घाइते

शुक्रवार , भाद्र ७, २०८१

  • 502
    Shares
  • 502
    Shares
  • काठमाडौं, ७ भदौ । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    राजधानी सियोलबाट करिव २० किलोमिटर दक्षिणपश्चिममा रहेको बुकियोनमा रहेको नौ तले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

    आठौं तल्लाको एउटा कोठाबाट शुरु भएको आगलागी होटलभर फैलिन सकेन तर पूरै भवन कालो धुवाँले भरिएर ज्यान गुमाएका थिए ।