२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रेस संयोजकमा दशरथ घिमिरे

शुक्रवार , भाद्र ७, २०८१

  • 439
    Shares
  • 439
    Shares
  • भैरहवा, ७ भदौ । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रेस संयोजकमा दशरथ घिमिरे नियुक्त भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ निवासी घिमिरेलाई बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको प्रेस संयोजकमा नियुक्त गरेको हो ।

    विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील घिमिरे नेपाल टेलिभिजन, देश सञ्चार, युगबोध राष्ट्रिय दैनिक, ‘हाम्रो लुम्बिनी न्युज डटकम लगायत सञ्चार माध्यममा आबद्ध छन् । उनी प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सह–सचिव पनि हुन् ।