२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लायन्स बुटवल स्टार्सद्वारा दृष्टिबिहीन समूहलाई सहयोग

मंगलवार , भाद्र ४, २०८१

  • 889
    Shares
  • 889
    Shares
  • बुटवल, ४ भदौ ।
    लायन्स क्लब अफ बुटवल स्टार्सले रुपन्देहीको बुटवल उपमहानगरपालिका तामनगरस्थित दृष्टिबिहीन भजन तथा साँस्कृतिक समूहलाई सहयोग गरेको छ । क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले मंगलबार एक कार्यक्रमकाबीच समूहलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्रीहरु समूहका विष्णु ढकाललाई हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष राजन जिसीको जन्मोत्सवको अवसरमा गरिएको हो । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर तथा क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधनले स्टार्सको ‘जहाँ दुःख्छ त्यहाँ पुग्छ’ भन्ने नारालाई आत्मसाथ गर्दे अतिविपन्न वर्गलाई सहयोग गर्ने मानवीय सेवा भावले सामाजिक क्रियाकलापमा क्लबको योगदान उच्च रहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए । 

    क्लबका पूर्वअध्यक्ष तथा जीएसटी कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्ष डीएस भट्टराई, सचिव रामबहादुर शाही लगायतले बोलेका थिए ।