२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुईतिहाई विश्वासको मत

मंगलवार , भाद्र ४, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, ४ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार आचार्यले विश्वासको मत लिएका हुन् ।

    प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० जना सांसदले मत दिए ।  

    उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका १ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

    त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत परेको छ । नेकपा (माओवादी केन्द्र) का ९, राष्ट्रिय जनमोर्चाका १ र नेकपा (एकीकृत समाजवादी) का १ जना सांसदले विपक्षमा मत हाले । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बसेको छ ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ । आचार्य एमाले र कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।