२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरुको माग

शुक्रवार , श्रावण ३२, २०८१

  • 550
    Shares
  • 550
    Shares
  • काठमाडौं, ३२ साउन । सांसदहरुले हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।

    शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली  काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा ९एमाले०की सांसद थममाया थापा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्) की सांसद कल्पना मियाँ कुसारीलगायतका सांसदहरुले सो माग गरेका हुन् । सरकारको नेतृत्व गरिरहेका एमालेकी सांसद एवं पूर्वमन्त्री थापाले केन्द्र र प्रदेशमा मन्त्रीस्तरको र स्थानीय तहमा पालिका प्रमुखको नेतृत्वको तत्काल संरचना बनाई महिला हिंसालगायतका जघन्य अपराधका घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिए। उनले महिलाहरुलाई आर्थिक तथा साामाजिक रुपमा सशक्त बनाउनका लागि आवश्यक पर्ने भएकाले पनि महिलाहरुको अधिकार सुनिश्चित गर्न सरकारले बलियो संरचना बनाएर काम गर्नुपर्ने आवश्यक्ता औंल्या।

    सत्तारुढ नेपाली काँग्रेसकी सांसद खातुनले पनि स्थानीय तहले अधिकार पाएर पनि महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्न नसक्दा उनीहरुले धेरै पीडा व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले महिलाहरुले बलात्कारलगायतका जघन्य अपराधको घटनामा पनि न्याय पाउने अवस्था नभएकाले सरकारले न्यायको प्रत्याभूति हुनेगरी सामाजिक परिचालकहरुको परिचालनको कामलाई अघि बढाउनुपर्ने बताए ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले महिला सामाजिक परिचालिका खारेज गर्ने विगतका सरकारको निर्णयप्रति आपत्ति जनाए । उनले महिलाहरुको समस्या बुझने र सम्बोधन गर्ने खालको निकायको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

    सांसद कुसारीले सरकारले महिलाहरुको अधिकारको बारेमा जिम्मेवार भएर काम गर्नुपर्नेमा पनि जोड दिए ।