२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

बिहिवार , श्रावण ३१, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, ३१ साउन । 
    रुपन्देहीको बुटवलमा विक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ विक्रीवितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो ।

    यही साउन १४ र २४ गते दुधको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देही पठाएपछि प्राप्त नतिजाबारे छलफल गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले बुटवलमा विक्री हुने दुधको गुणस्तरमा केही समस्या देखिएकाले समाधानतर्फ चासो दिन व्यवसायीहरुलाई आग्रह गरिन् ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, अनुगमन महाशाखा प्रमुख तुल्सा अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक दीपक कुमार यादव, डेरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्षलगायतले बोल्दै दुधको गुणस्तर बढाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका थिए ।