२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी केबलकार दुई दिन बन्द हुने

बिहिवार , श्रावण ३१, २०८१

  • 538
    Shares
  • 538
    Shares
  • बुटवल, ३१ साउन । 
    नियमित मर्मतसम्भारका लागि लुम्बिनी केबलकार दुई दिन बन्द हुने भएको छ ।  केबलकार कम्पनीले एक सूचना जारी गर्दै साउन ३१ र ३२ गते केबलकारको सेवा  सञ्चालन नहुने सर्वसाधारणमा जानकारी गराएको हो । 

    हरेक ४–४ महिनामा मर्मतसम्भार गर्नुपर्ने तालिकाअनुसार मर्मतसम्भारका लागि दुई दिन सेवा बन्द रहने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए । ‘केही समस्या भएर वा बिग्रेर नभई अष्ट्रियन कम्पनी डुपलमेयरको नियमअनुसार केबलकारलाई सधैं ठीक राख्न र सुरक्षित बनाउन तालिकामा तलमाथि नगरी मर्मत गर्ने गरेका छौं’–कायस्थले बताए ।  

    भदौ १ गते बिहान ९ बजेबाट सेवा पूर्ववत रुपमा सुचारु हुने कम्पनीले जनाएको छ । 

    आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको डेढ अर्ब लगानीमा निर्माण भई २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केवलकार हो ।