२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

रोट्रयाक्ट सेन्ट्रल सियारीको अध्यक्षमा करुणा भुसाल

मंगलवार , श्रावण २९, २०८१

  • 805
    Shares
  • 805
    Shares
  • भैरहवा, २९ साउन ।
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको तेस्रो पदस्थापना तथा पद हस्तान्तरण  समारोह सियारीमा सम्पन्न भएको छ । समारोहमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका वर्ष २०२३–०२४ का अध्यक्ष सुशन भट्टराईले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई सम्मान गरे ।

    कार्यक्रममा वर्ष २०२४–०२५ कि अध्यक्ष करुणा भुसाललाई प्रमुख अतिथि रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डी.आर.आर. विक्रम क्षेत्रीले सपथग्रहण गराए । क्लबको निवर्तमान अध्यक्षमा सुशन भट्टराई, उपाध्यक्षमा प्रशन्न अधिकारी, सचिवमा अन्जेल आचार्य, कोषाध्यक्षमा प्रतीक्षा अधिकारी, हेड अफ डाईरेक्टरमा दीपक न्यौपाने, सर्भिस प्रोजेक्ट चेयरमा शरद क्षेत्री, प्रोफेसनल डेभलपमेन्ट चेयरमा धुर्व डुम्रे, पब्लिक ईमेज चेयरमा भास्कर पाण्डे, मेम्बरसिप डेभलपमेन्ट चेयरमा निशान पोख्रेल, सर्जेट एट आर्म्स÷सह–सचिवमा समीप अर्याल, रोट्रयाक्ट लर्निङ्ग फ्यासिलेटरमा दुर्लभ पराजुली रहेका छन् । उनीहरुलाई अध्यक्ष करुणा भुसालले सपथ ग्रहण गराइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ड.िआर.आर. विक्रम क्षेत्रीले क्लबका पूर्वअध्यक्षहरुले डिष्ट्रिक हाक्नुभएको बताए । उनले नयाँ नेतृत्वले रचनात्मक कार्यहरुलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

    त्यस्तै विशिष्ट अतिथि सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले गरेका कार्यक्रम सहरानी रहेको बताइन् । उनले आगामी दिनमा क्लबसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् ।

    डी.आर.सी. चेयर कृष्ण पाण्डेले क्लबलाई यहाँसम्म अघि बढाउन पूर्वअध्यक्षहरुको ठूलो हात रहेको बताए ।

    रोटरी डिष्ट्रिक अफिसर लक्की सिंह, जोन १७ का जेड.आर.आर.अंकित पौडेल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष प्रियबन्धु न्यौपाने, सियारी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष धनपति खरेल लगायतको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।