२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

देव पाटामगर स्मृति पत्रकारिता पुरस्कारबाट मिलन गाहा सम्मानित

सोमवार , श्रावण २८, २०८१

  • 712
    Shares
  • 712
    Shares
  • बुटवल, २८ साउन ।

    नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिका पुरस्कार प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित समारोह बीच गाहालाई गाहालाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीसहित सम्मान गरिएको थियो । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको बताए । उनले भाषा, संस्कार, संस्कृतिको संरक्षणमा राज्यले लगानी गर्नुपर्ने बताउँदै उपमहानगरले बुटवल क्षेत्रमा रहेका जातीय, भाषिक र साँस्कृतिक क्षेत्रको संरक्षणको लागि काम गरेको दावी गरे । उनले बुटवल उपमहानगरले यस वर्ष ३ वटा जातीको भाषा किताब प्रकाशन गरेको बताउँदै बाँकी रहेकाको आगामी वर्ष प्रकाशन गर्ने बताए । 

    सम्मानित भएका पत्रकार गाहा विगत २ दशकदेखि यस पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषदका अध्यक्ष समेत रहेका गाहा फोनिजको केन्द्रीय सचिव तथा लुम्बिनीका इञ्चार्ज हुन् । उनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

    9971a43e-623f-4d0d-8894-f6ff604c7070.jpeg

    स्वर्गीय पाटा मगर फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् । 

    कार्यक्रममा बोल्दै फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपाल, प्रेस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेल लगायतले समावेशीताका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा फोनिज स्मारिकाको समेत विमोचन गरिएको छ । फोनिज रुपन्देहीका कोषाध्यक्ष मिन रानाको स्वागत र सचिव राज चौधरीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता सोनु थापाले गरेका थिए ।