
आइतवार , श्रावण २७, २०८१
भैरहवा, २७ साउन ।
एकता महिला समुह सिद्धार्थनगर, रुपन्देहीको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः सकुन्तला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समुहको उपाध्यक्षमा सुष्मा शर्मा, सचिवमा रश्मी कोइराला, कोषाध्यक्षमा बिन्दु सिग्देल, सह–सचिवमा बिन्ती शाह र सह–कोषाध्यक्षमा सिम्रन श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा संगीता रेग्मी, मन्जु सिग्देल, वर्षा अर्याल, सुस्मिता अधिकारी, सरस्वती भुगाइ, अनु थापा, कमलेश शुक्ला, सरु पन्त, सुनिता शर्मा र सरिता सिंह रहेका छन् ।
त्यस्तै समुहको वरिष्ठ सल्लाहकारमा रेखा तुलाधर, सल्लाहकारमा देवी पुन, सरस्वती गौतम र अर्पना थापा रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अशोक श्रेष्ठले सपथ खुवाएका थिए ।
पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले घर, टोल, समाज, गाउँ, नगर र राष्ट्रको विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताए । उनले एकता महिला समुहलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ता, सामुदायिकका सल्लाहकार शैलेन्द्र तुलाधरलगायतले बोलेका थिए ।
एकता महिला समुहकी सदस्य विन्दु सिग्देलको स्वागत तथा सचिव रश्मी कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष सुष्मा प्रधानले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवी पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij