२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

विश्व आदिवासी दिवसमा मगर महिला संघ बुटवलद्वारा विविध कार्यक्रम

शुक्रवार , श्रावण २५, २०८१

  • 658
    Shares
  • 658
    Shares
  • बुटवल, २५ साउन । 
    ३० औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल मगर महिला संघ बुटवल नगर समितिले शुक्रबार बुटवलमा एकदिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दैनिक जीवनमा आइपर्ने समस्या र त्यसले उत्पन्न गर्ने तनाव तथा जीवनशैली सुधारका विषयमा मनोचिकित्सक डा. विक्रम काफ्लेले सहजीकरण गरेका थिए । 

    आदिवासी दिवससँगै हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा नृत्यु प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । प्रतियोगितामा बुटवल–१० की माया पल्ली प्रथम, बुटवल–११ की सीमा पुन द्वितीय तथा बुटवल–१९ की कविता थापा तृतीय भएका थिए । 

    कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता ओलम्पिकमा नेपालको तर्फबाट सन् १९६४ मा बक्सिङ खेलमा सहभागी ब्रिटिस सैनिकबाट अवकाशप्राप्त क्याप्टेन नमसिंह थापालाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघकी केन्द्रीय भाषिक उपाध्यक्ष माया बुढाले आदिवासीहरुको अधिकार स्थापित गर्नका लागि आन्दोलन अझै बाँकी रहेको बताइन् । भाषिक तथा साँस्कृतिक आन्दोलनबाट अधिकार स्थापित गर्नका लागि सबै आदिवासी समुदाय एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरिन् । 

    त्यसै गरी नेपाल मगर महिला संघका केन्द्रीय निर्वतमान वरिष्ठ उपाध्यक्ष ममता बुढाथोकी, मगर संघ बुटवल नगर समितिका पूर्वअध्यक्ष क्या. किशन थापा, मगर महिला संघ बुटवल नगर समितिकी सल्लाहकार कुमारी थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । 

    तीजको दरसहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन मगर महिला संघ बुटवल नगरसमिति सचिव तीर्थकुमारी सोमरेले गरेकी थिइन् भने कार्यबाहक अध्यक्ष नन्दा थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।