
मंगलवार , श्रावण २२, २०८१
काठमाण्डाै। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको ढलले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल पनौती नगरपालिका वडा नम्बर ५ नैकिनटार बस्ने ५० वर्षीय भगवती भागदास रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बागदासलाई आज विहान अन्दाजी १०:४५ तिर ढलले बगाएको थियो । खोजतलास गर्ने क्रममा ११:३५ बजे बगाएको स्थानबाट अन्दाजी ३०० मिटर तल खेतमा तैरीएको अवस्थामा मृत फेला परेको जिप्रका काभ्रेपलाञ्चोकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij