२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

हेभेन्ली गार्डेन किड्स क्याम्पसमा ‘मम्मी डान्स आइडल’ प्रतियोगिता

सोमवार , श्रावण २१, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २१ साउन । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाले मम्मी डान्स आइडलको आयोजना गरेको छ ।

    आमाहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि मम्मी डान्स आइडलको आयोजना गरिएको हेभेन्ली गार्डेन किड्स क्याम्पसका प्राचार्य रचना क्षेत्रीले जानकारी दिईन् ।

    उनले नृत्य प्रति आमाहरुको चाहना पुरा गर्नका लागि डान्स आइडल प्रतियोगिताको आयोजना गरिएको बताईन ।

    प्रतियोगिताको फाईनलमा २५ जना आमाहरुको सहभागिता रहेको प्राचार्य क्षेत्रीले जानकारी दिईन । प्रतियोगिताको फाईनल साउन २६ गते होटल पौवामा हुदैछ ।

    हेभेन्ली गार्डेनले २०७२ सालमा पहिलो पटक मम्मी डान्स आईडल गरेको थियो । कोभिडका कारण निरन्तरता दिन नपाए पनि यस पटकबाट निरन्तरता दिएको उनको भनाई छ ।

    प्रतियोगितामा सहभागीतकालागि रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट प्रतियोगिहरु आएका छन् ।

    मम्मी डान्स आईडलमा प्रथय हुनेले २० हजार रुपैया नगद सहित गिफ्ट ह्याम्पर पाउने छन् । त्यसैगरी दाश्रो हुनेले १५ हजार र गिफ्टह्याम्पर तथा तेस्रो हुनेले १० हजार र गिफ्ट ह्याम्पर पाउने क्याम्पसले जनाएको छ ।

    दर्शकको रोजाइमा छनौट हुने प्रतियोगिले ५ हजार नगद सहित गिफ्ट ह्याम्पर पाउने छन् । हेभेन्लीले बालबालिकासंगै अभिभावकहरुको क्षमता बृद्धिका लागि पनि समय समयमा बिभिन्न खालका कार्यक्रम गर्दै आएको छ ।