२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

लायन्स भलवारी सिटीद्वारा वृक्षरोपण तथा भोजन खुवाउने कार्यक्रम

सोमवार , श्रावण २१, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, २१ साउन ।
    लायन्स क्लब अफ भलवारी सिटीले क्लबका संस्थापक अध्यक्ष श्रवण कुमार थापा खाम्चाको जन्मदिनको अवसरमा भोजन खुवाउने कार्यक्रम तथा वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा उक्त कार्यक्रम गरेको हो ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तमा भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता, प्रथम भाइस डिष्ट्रिक गर्भनर  बालाराम भट्टराई, द्वितीय भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी माधव खनाल,एरिया, रिजन तथा जोनमा रहेका लायन्स अगुवाहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम आँप र लिचीको विरुवा आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो । 

    लायन्स क्लब अफ भलवारी सिटीकी अध्यक्ष माया थापाको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबकी द्वितीय उपाध्यक्ष लक्ष्मी थापाको स्वागत तथा सचिव रितु ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    क्लबका संस्थापक अध्यक्ष खाम्चाले आफ्नो जन्मदिन आश्रममा गई आफूभन्दा कम भाग्यशाली बालबालिकासँगै केक काटेर, भोजन गरेर साथै खुसियाली साटासाट गर्दै मनाउन पाउँदा आनन्दको अनुभुति भएको बताए । उनल आगामी दिनमा पनि आश्रममा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

    प्रमुख अतिथि डिष्ट्रिक गभर्नर प्रधानाङ्गले क्लबले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गरे । उनले आगामी दिनमा पनि यही गतिमा अगाडि बढ्न आग्रह गरे ।

    लायन्स क्लब अफ भलवारी सिटीका पूर्वअध्यक्ष बरुण पौडेल, निवर्तमान अध्यक्ष दुर्गा खाम्चा तथा सम्पुर्ण सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा आश्रमका अध्यक्ष ज्ञवालीले क्लबले निरन्तर रुपमा गर्दै आएका यस प्रकारका कार्यक्रमले आश्रमलाई सहयोग पुगेको भन्दै क्लबप्रति आभार व्यक्त गरे ।

    WhatsApp Image 2024-08-05 at 10.42.47 AM (1).jpeg

    क्लबले विभिन्न क्षेत्र जस्तै आँखा, भोकमरी, मधुमेह, वातावरण लगायतका क्षेत्रमा काम गर्दै आएको क्लबकी अध्यक्ष मायादेवी थापाले बताइन् ।