२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स क्लब अफ भैरहवा वेस्टको स्थापना, अध्यक्षमा के.सी.

आइतवार , श्रावण २०, २०८१

भैरहवा, २० साउन ।
लायन्स जिल्ला परिषद ३२५ पी, नेपाल रिजन १५ ले शनिबार भैरहवामा आफनो मातहतमा रहेका जोन ३४ र जोन ३५ अन्तर्गत ६ र एउटा नयाँ क्लबको पदस्थापन समारोह समन्न गरेको छ । समारोहमा यस क्षेत्रमा लियो क्लबमार्फत सामाजिक सेवा तथा युवा नेतृत्वको छुट्टै पहिचान बनाइसकेको लियो क्लब अफ सिद्धार्थनगर वर्ष २०१५/०१६ का अध्यक्ष संजय सिंह के.सी.को नेतृत्वमा नयाँ लायन्स क्लब, लायन्स क्लब अफ भैरहवा वेस्टको स्थापना भएको छ ।

WhatsApp Image 2024-08-04 at 7.55.07 PM.jpeg
संजय सिंह के.सी.
lionsnn.jpg
क्लबको लोगो

क्लबको प्रथम उपाध्यक्षमा समिर पौडेल, सचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा सतिश भुसाल रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपेश अर्याल, सन्देश के.सी., मोहन थापा, गोविन्द पन्थ, गौरव पन्थ, रविन पौडेल, टंक काफ्ले, ए.के. गोयन्का, अर्जुन भट्टराई, आशिष खनाल, आनन्द यादव, दुर्गेश गुप्ता, कुशल उपाध्याय, निखिल क्षेत्री, धनराज घिमिरे, रोशन शर्मा रहेका छन्।

कार्यक्रममा नयाँ क्लब स्थापना गरिएको भन्दै जोन ३५ का जोन चेयरपर्सन अरुण पन्थीले लियोमा रहेर अनुभव सम्हालिसकेका युवाहरुलाई लायन्सको यात्रामा पनि जोडिनपर्छ भन्ने सोचका साथ यो नयाँ क्लब स्थापना गरिएको बताए । उनले भने, ‘यो क्लबले सामाजिक क्षेत्र, युवाहरुको नेतृत्व र व्यक्तित्व विकास र लायन्स अन्तर्राष्ट्रियको मूल कार्यक्रमहरुलाई आत्मसाथ गदै जानेछ ।’

लायन्स क्लब अफ भलवारीको स्पोन्सरसीपमा स्थापना भएको क्लबको एकस्टेन्सन चेयरपर्सनमा अरुण पन्थी र पी.एम.जे.एफ. मीना पन्थी तथा गाइडिङ्ग लाइनमा पी.एम.जे.एफ. नेत्र प्रसाद आचार्य र मिन तिवारी रहेको अध्यक्ष के.सी.ले जानकारी दिए ।

समारोहमा लियो क्लब अफ सिद्धार्थनगर सेभियरर्सका अध्यक्ष श्रीकान्त गुप्ता र लियो क्लब अफ रुपन्देही गिलिमकी अध्यक्ष दिया गुप्ताको अध्यक्षतामा २ वटा लियो क्लब समेत स्थापना गरिएको रिजन चेयर पर्शन तनु शर्मा कसौधनले जानकारी दिइन् । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले नयाँ आगन्तुक लायन सदस्यहरुलाई सपथ राएका थिए ।

त्यस्तै डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले ७ वटै क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष र कार्यसमितिलाई पद तथा गोपनीयताको सपथका साथै पदस्थापन गराएका थिए ।

रिजन चेयरपर्सन तनु शर्मा कसौधनको अध्यक्षता तथा डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, नवराज न्यौपाने, निवर्तमान गभर्नर अर्जुनमान सैजु, सेकेण्ड भाइस डिस्ट्रिकट गभर्नर सन्दिप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, लायन्सका अगुवाहरु विनोद खरेल, मीना पन्थी, ओम कुमार श्रेष्ठ, संगम न्यौपाने, नेत्र प्रसाद आचार्य, एरिया चिफ अभिनव मयूर कसौधन, एरिया को–चिफ, रिजन चेयरपर्सन, जोन चेयरपर्सन, विभिन्न क्लबका अध्यक्षहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको जोन ३४ का जोन चेयरपर्सन सुनिल सेन्चुरीले बताए ।