२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

शुक्रवार , श्रावण १८, २०८१

रुपन्देही, १८ साउन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरुबीच निकै आशा गरेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे । सोडारीले सय दिनभन्दा बढी प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे ।

त्यस्तै सम्बोधनका क्रममा उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । केन्द्रमा भएको सत्ता समिकरण फेरबदलसंगै प्रदेशमा नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका हुन् ।