२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लामो समयपछि अन्तर्राष्ट्रिय उडान पाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

शुक्रवार , श्रावण १८, २०८१

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, १८ साउन । 
    लामो समयसम्म अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले थाई एयर एसियासँग बैंकक–भैरहवा सातामा ४ दिन उडान गर्ने तयारीपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणले बैंककमा प्रमुख कार्यालय भएको थाई एयरलाइन्सले भैरहवाको उडानको अनुमति पाएको हो । प्राधिकरणका अनुसार सातामा ४ दिन भैरहवा र ३ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।

    उनका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गरेका छन् ।