२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारे सभामुखको चासो

बुधवार , श्रावण १६, २०८१

  • 637
    Shares
  • 637
    Shares
  • काठमाडौं, १६ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारेमा चासो देखाएका छन् । 

    संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले बिभिन्न समितिका सभापतिहरुसंग छलफल गर्दै समितिमा बिचाराधिन रहेका विधेयकहरुको अवस्थाका बारेमा चासो देखाएका हुन् ।

    उनले निरन्तर छलफल गरेर बिचाराधिन रहेका विधेयकहरुलाई टुङ्गोमा पुराउन आग्रह गरेका थिए । छलफल पछि उद्योग समितिका सभापति अव्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले जिज्ञासा राख्नुभएको बताए । त्यस्तै समितिमा रहेका समस्याहरुका बारेमा पनि सभामुखले जानकारी लिनुभएको उहाको भनाइ छ । .

    त्यस्तै छलफलमा समिति सञ्चालनमा देखिएका समस्या, आर्थिक समस्या लगाएतका बिषयमा पनि चर्चा भएको उनले बताए ।