२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण : माधव नेपाल

मंगलवार , श्रावण १५, २०८१

काठमाडौं, १५ साउन ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उहाले नेपाली युवाहरु देश र विदेशमा जुनसुकै क्षेत्रमा अब्बल गरेको भन्दै देशको विकासमा परिचालन हुनुपर्ने बताए ।

उनले २०५१ सालमा आफु रक्षा मन्त्री भएकै बेला महिलाहरुलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको बताए । उनले सोही समयमा नै तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गरेको समेत स्मरण गरे ।

उनले छोरा र छोरीबीच कसैले पनि भेदभाव गर्न नपाइने भन्दै समान अधिकारका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिए ।