२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सौर्य एयर दुर्घटना : १८ जनाको मृत्यु

बुधवार , श्रावण ९, २०८१

  • 409
    Shares
  • 409
    Shares
  • काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते छन् ।

    प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

    ९ एन–एएमई सीआरजे–७ विमान बुधबार (आज) बिहान काठमाडौंबाट पोखरा जाने क्रममा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

    विमानमा क्याप्टेन (पाइलट) मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।