२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

मंगलवार , श्रावण ८, २०८१

  • 436
    Shares
  • 436
    Shares
  • हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री भएका छन् ।
     
    उनलाई एमालेका (२७) र कांग्रेसका (३७) गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।