२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

रोटरी मेडिकोफ्युजनको पद हस्तान्तरण, अध्यक्षमा डा. काफ्ले

सोमवार , श्रावण ७, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • बुटवल, ७ साउन । 
    चिकित्सकहरु आबद्ध रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको चौथो पद हस्तान्तरण एवं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३/०२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले वर्ष २०२४/०२५ का लागि रोटरीयन डा. विक्रम काफ्ले अध्यक्ष रहेको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि रोटरीयन राजेन्द्र प्रसाद ध्वजु, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष रोटरीयन एजाज आलम लगायतले नवनियुक्त अध्यक्ष काफ्लेलाई र अध्यक्ष काफ्लेले रोटरी ई क्लब अफ मेडिकोफ्युजन नेपाल बुटवलका अन्य पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

    पदभार ग्रहण गर्दै अध्यक्ष काफ्लेले आफ्नो कार्यकालमा गर्ने भावी कार्ययोजनाको बारेमा प्रकाश पार्दै सबैको साथ, सहयोग समर्थन र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसअघिको नेतृत्वले गरेका महत्वपूर्ण काम र योजनालाई निरन्तरता दिदै थप नयाँ अभियानमा जोडिएर आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताए । 

    साथै उनले रोटरी ई क्लब अफ मेडिकोफ्युजनको विधि, विधान तथा विनियमको परिधिभित्र रही मानवीय सेवामा अहोरात्र खट्दै ई क्लबको छविलाई थप उचाइमा पुर्याउन सदैव लागिरहने प्रतिवद्धता व्यक्त गरे । 

    कार्यक्रममा सन् २०२३/०२४ का अध्यक्ष रोटरीयन अप्सरा नेपालले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तय गरिएका काम कार्वाही तथा सम्पूर्ण योजनाहरु पूर्णतः सफल भएको बताइन्  ।

    आर्थिक रुपमा विपन्न बिरामीहरुको निशुल्क सेवा उपचार, मनोरोग सम्बन्धि निशुल्क कार्यक्रमहरु, रुपन्देहीका विभिन्न स्कूलमा गई निशुल्क मनोपरामर्श तथा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम, विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै मानव सेवा आश्रम तथा अनाथ आश्रमहरुमा पुगेर निःशुल्क औषधी वितरणसहित स्वास्थ्यवद्र्धक कार्यक्रम र अर्थ जिन्सी हस्तान्तरण तथा वृक्षारोपण लगायतका कार्यक्रमलाई मुर्तरुप दिएको बताए ।

    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रोटरीयन राजेन्द्र प्रसाद ध्वजु, रोटरीयनहरु एजाज आलम, डा. सन्तोष पोख्रेल, डा शेखर प्रसाद पोख्रेल लगायतले भनाइ राखेका थिए । रोटरीयन डा. मन्ज गुभाजुको स्वागत तथा रोटरीयन कविता केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।