२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

एसियन बुद्ध होटल : प्रत्येक महिनाको पहिलो शनिबार सरसफाई कार्यक्रम गर्दै

शनिवार , श्रावण ५, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ५ साउन । 
    भैरहवास्थित एसियन बुद्ध होटलले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवामा रहेको यो होटलले होटल क्षेत्र आसपासका सडक तथा शिव मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रममा गर्दै आएको छ । 

    ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका सरसफाई कार्यक्रम गरिदै आएको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले जानकारी दिए।

    सोही क्रममा साउन महिनाको पहिलो शनिबार (आज) पनि कार्यक्रम गरिएको उनले बताए । सुवेदीका अनुसार होटलले प्रत्येक महिनाको पहिलो शनिबार बिहान साढे ५ देखि साढे ७ बजेसम्म (दुई घण्टा) सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटलले यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा तथा आतिथ्यता प्रदान गर्दै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगर/गाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । 

    WhatsApp Image 2024-07-20 at 8.35.42 AM.jpeg
    WhatsApp Image 2024-07-20 at 8.35.38 AM.jpeg