२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा डिआरआर क्षेत्रीलाई सम्मान

शनिवार , श्रावण ५, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • भैरहवा, ५ साउन ।
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका लागि निर्वाचित डिआरआर विक्रम क्षेत्रीलाई सम्मान गरेको छ । क्लबको आफ्नो ६४० औं नियमित बैठकको अवसरमा रोट्रयाक्ट डिष्ट्रिकको नेतृत्वमा निर्वाचित क्षत्रीलाई सम्मान गरेको हो ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका मातृत्वमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका पूर्वअध्यक्ष क्षेत्री रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको नेतृत्व गर्ने अवस्थामा पुग्नु आफूहरुका लागि पनि गर्वको भएको क्लबका अध्यक्ष देवीराम पाण्डेले बताए । उनले क्लबले स्थापनादेखि हालसम्म तीनवटा रोट्रयाक्ट क्लब, एउटा इन्ट्रयाक क्लब र एउटा रोटरी क्लबलाई स्पोन्सर गरेको उल्लेख गर्दै आफूहरुको स्पोन्सरमा स्थापित क्लबका पूर्वअध्यक्ष डिष्ट्रिक नेतृत्वमा पुग्नु क्लबको लागि पनि गौरवको विषय भएको बताए ।

    सम्मान कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिआरआर विक्रम क्षत्रीले रोटरीको स्पोेन्सरमा रोट्रयाक्ट स्थापना हुने भएकोले रोटरी र रोट्रयाक्टबीच अनोन्याश्रित सम्बन्ध रहेको बताए । उनले रोट्रयाक्ट क्लबरुलाई रोटरी क्लवले मातृत्व मात्र प्रदान गर्ने नभइ क्लबलाई छोरा सरह माया गर्दै समाजमा रहेर विभिन्न सामाजिक तथा मानवीय कल्याणका काममा सँगसँगै लिएर हिंड्न आग्रह गरे ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको मातृत्वमा स्थापित रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका रोटरी वर्ष २०१७/१८ का अध्यक्ष क्षेत्री यही जुलाई १ मा रोट्रयाक्ट डिष्ट्रिकको डिआरआरको रुपमा कार्यकाल सम्हालेका छन् । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विष्णु प्रसाद चापागाई, प्रेसिडेण्ट इलेक्ट दिपक भट्टराई, देवीलाल भट्टराई, निराजन पोख्रेल लगायतले बोलेका थिए । क्लबका सचिव अर्जुन प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।