
सोमवार , जेठ २८, २०८१
काठमाण्डौं, २८ जेठ । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा भाग लिनका लागि सहभागी हुने भएका छन् ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काद्वारा जारी बिज्ञप्तीमा वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने उल्लेख गरिएको छ । लामिछाने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्नेछन् ।
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij