२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

बलात्कार मुद्दामा निर्दोष ठहरिए सन्दीप लामिछाने

बुधवार , जेठ २, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडाैं, २ जेठ ।  क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।