images

मंगलवार, बैशाख १८ गते २०८१

हतियार नविकरण गर्नुस् नभए कारवाही हुन्छ : रुपन्देही प्रशासन

हतियार नविकरण गर्नुस् नभए कारवाही हुन्छ : रुपन्देही प्रशासन

images
images
images
मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • हतियार नविकरण गर्नुस् नभए कारवाही हुन्छ : रुपन्देही प्रशासन

    भैरहवा, ४ वैशाख । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्षभन्दा बढी समयदेखि नविकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ । साथै, कतिपय इजाजत प्राप्तधनीले तोकिएको म्यादभित्र हतियार नविकरण नगरेकोले ३५ दि भित्र नविकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ ।

    images

    ‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नविकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नविकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौं, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारवाही गर्छौं ।’

    विभिन्न मितिमा हातहतियार राख्ने इजाजतपत्र लिएका व्यक्ति÷संस्थाहरुले नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्तधनीले म्यादभित्र हातहतियार नवीकरण नगरेको हँुदा ३५ दिनभित्र हातहतियार र इजाजतपत्रसहित स्वयं व्यक्ति उपस्थित हुन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ– ‘पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियारहरु कार्यालयमा बुझाउनुहुन...,अन्यथा कानूनबमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij