२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

अर्घाखाँची सिमेन्टको धितो निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

सोमवार , बैशाख ३, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ३ वैशाख ।
    अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्र सोमबार एनएमबि क्यापिटल लिमिटेडको रजिष्र्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । 

    कम्पनीले साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाइने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताए ।