२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

एसीसि मेन्स प्रिमियर कप : नेपाल आज हङकङसँग भिड्दै

सोमवार , बैशाख ३, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा। एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ।

    आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ।

    साविक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

    प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।

    आजको खेलमा विश्व किर्तिमान कायम गरेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, गुलशन झा, करण केसी, सोमपाल कामी लगायतमा विशेष नजर रहने छ।