images

शुक्रवार, बैशाख २१ गते २०८१

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि

    बुटवल, २७ चैत ।  
    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ स्थित बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ.एम. रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन् । कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सकिदा रुपेशले स्थानीय ४ खेलाडीसहित पूर्व नेपाल च्याम्पियन सि.एम.पुरुषोत्तम चौलागाईं, भारतका रिशव निसादलाई पराजित गरेका छन् ।

    images
    images
    images

    प्रतियोगिताका प्रमुख निर्णायक निरञ्जन प्रजापतिका अनुसार भारतका रुपेशले सुदिर कुमार सिन्हासँग बराबरी खेल्दै शिर्ष ६.५ अंक जोड्न सफल भएका छन् । रुपेशले १९६९ रेटिङ्गवाट खेल प्रारम्भ गरी सात चरणको खेलमा ३० रेटिङ्गवृद्धि गर्न सफल बनेका छन् । यति बेलासम्म उनको रेटिङ्ग पर्फोमेन्स २१३८ रहेको छ । प्रजापतिका अनुसार मंगलबार २७ गते अन्तिम चरणको फाइनल राउण्ड हुँदैछ ।

    नेपालका सि.एम.सजिन महर्जन हालसम्म ५ खेलमा जीत दर्ता र २ खेल बराबरी खेल्दै ६ अंक बोकी दोस्रो स्थान ओगट्न सफल रहेका छन् । महर्जनले अमेरिकन खेलाडी वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपाली भवेष डंगोरिया र गोविन्द खड्कामाथि विजय प्राप्त गरेका थिए भने उदीयमान खेलाडी सुदिप तामाङ र भारतका दिव्यांशुसँग बराबरी खेलेका थिए । महर्जनले १९६८ रेटिङ्गबाट प्रतिस्पर्धा गरि ९.६ रेटिङ्गवृद्धि गरेका छन् । उनको रेटिङ्ग पर्फोमेन्स १९३० रहेको छ ।

    विदेशी खेलाडी सुधिर कुमार सिन्हा र रिशव निसादले पनि ६/६ अंक बनाउदै सजिनसँगै संयुक्त दोस्रो स्थानमा उभिएका छन् । भारतका सुधिर कुमार सिन्हाले पाँच जीत दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसाद एक खेलमा पराजित भइ ६ खेलमा जित निकालेका छन् । सुधिरको रेटिङ्ग पर्फोमेन्स २०४८ रहेको छ भने रिशवको रेटिङ्ग पर्फोमेन्स २००२ रहेको छ ।

    प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमाल उद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय ६ जना खेलाडीहरुसँगै संयुक्त तेस्रो स्थानमा उभिएका छन् । जमालसँगै ५.५ अंक जोड्ने खेलाडीहरुमा भारतका विपुल सुभासी, नेपालका सि.एम कृष्ण थापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन् ।

    भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले ५ खेलमा जीत र २ खेलमा हार आत्मसात गर्दै ५ अंक बनाएर महिलामध्ये अगाडि रहन सफल भइरहेका छन् । उनले १९०३ रेटिङ्गवाट खेल सुरु गरी २.४ रेटिङ्गवृद्धि गरेकी हुन् । उनको रेटिङ्ग पर्फोमेन्स भने १८३० मा झर्न पुगेको छ । उनीसँगै अन्य २० जना खेलाडीहरुले ५/५ अंक बनाउदै खेललाई निरन्तर दिइरहेका छन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले कूल १० लाख १ हजार पुरस्कार राशीका लागि १ सय ४२ जना खेलाडीहरु अन्तिम प्रतिष्पर्धामा रहेको जानकारी गराएका छन् । प्रधानका अनुसार ५१ जना खेलाडीले विभिन्न विधामा पुरस्कार पाउनेछन् भने प्रतियोगिताको अन्तिम खेल मंगलबार सकिने र बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले पुरस्कार वितरण गर्नेछन् ।

    chess 2.jpg

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij