images

सोमवार, बैशाख १७ गते २०८१

लुम्बिनीमा १२५० जनाको ‘प्रबज्या’

लुम्बिनीमा १२५० जनाको ‘प्रबज्या’

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • लुम्बिनीमा १२५० जनाको ‘प्रबज्या’

    लुम्बिनी, २६ फागुन ।
    बुौद्धमार्गमा हिंड्ने पहिलो खुटकिलोका रुपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रबज्या कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रबज्यामा सहभागीता जनाएका हुन । 

    images

    अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा शनिबार मायादेवी मन्दिर प्रांगणमा १ हजार २ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

    अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन्  । 

    अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।

    फागुन १६ गतेदेखि सुरु भएको प्रवज्यामा लुम्बिनीमै आएर १२५० जनाले केश मुण्डन गरेर चिवर प्राप्त गरेका हुन । शनिबार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् ।

    अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १२५० जनालाई श्रामणेर (अल्पकालिन भिक्षु ) बनाइएको बताए । उनले चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए । छोटो अवधिमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफूहरुले श्रामणेर बनाउने गरिएको उनले बताए ।

    लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्ध धर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले बताए ।

    सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, सन् २०१९ मा १ हजार १ सय १९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए ।

    प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो । प्रव्रज्यामा देशभरबाट सहभागीता रहेको छ । प्रवज्या अन्तर्गत आइतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन कार्यक्रम हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij