
शनिवार , आषाढ २८, २०८२
भैरहवा । खानामा हुने क्याल्सियम तथा फोस्फोरस आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका निर्वाह गर्छ । हाम्रो शरीरलाई आवश्यक पर्नेमध्ये करीब ८० देखि ९० प्रतिशत भिटामिन डी हामीले सूर्यको किरणबाट प्राप्त गर्दछौं भने करीब १० देखि २० प्रतिशतमात्रै हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छन् । भिटामिन डी शरीरले शोषण गरेपछि एक प्रकारको हार्मोनमा परिणत हुन्छ । हाम्रो शरीरमा सक्रिय रूपमा रहने भिटामिन डीको स्वरूप अर्थात् हार्मोनलाई ‘क्याल्सिट्रिवल’ भनिन्छ ।
क्याल्सिट्रिवलले खानाबाट प्राप्त हुने क्याल्सियम र फोस्फोरसलाई आन्द्रामा शोषण गर्ने/गराउने र तिनलाई पुनः मिर्गौलामा ग्रहण गराई शरीरको रक्तसञ्चार प्रणालीमा प्रवाहित गराउन मद्दत गर्दछ । समाजमा भिटामिन डी कमी भई समस्याग्रस्त हुने धेरै व्यक्ति वा समूह छन् । तल उल्लेख गरिएका मानिसमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ ।
– गोरो छाला हुने व्यक्तिको दाँजोमा कालो छाला हुने व्यक्तिलाई सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न धेरैबेर घाममा बस्नुपर्ने हुन्छ । त्यसकारण नेपालीहरू जो पश्चिमा झैं पूरै निख्खर छाला हुनुको साँटो गहुँगोरो वा कालो वर्णका हुन्छन्, तिनीहरूमा भिटामिन डी कमी हुने बढी सम्भावना रहन्छ ।
– वयष्क मानिसको छाला जवान मानिसको भन्दा पातलो हुने हुँदा तिनीहरूको शरीरले जवान वा कम उमेरका मानिसको दाँजोमा कम भिटामिन डी उत्पादन गर्ने हुन्छ ।
– दिनभर नै कपडाले ढाकेर वा सनस्क्रिन लगाएर आफ्नो छाला ढाकिरहने व्यक्तिमा पनि सूर्यको किरण प्रत्यक्ष रुपमा पर्न नपाई भिटामिन डी कमी हुने गर्छ ।
– दिनमा बढी समय घरभित्रै बिताउने, रात्रिकालीन जागिर गर्ने वा हस्पिटलभित्र लामो समयसम्म काम गर्नेमा पनि भिटामिन डी कमी हुने गर्दछ ।
– त्यस्तै पृथ्वीको भूमध्य रेखाभन्दा टाढाको भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा सूर्यको किरण पर्ने समय निकै कम हुन्छ । खासगरी, अमेरिकाको उत्तरी भू–भाग र क्यानडामा बसोबास गर्ने मानिसमा सूर्यको किरण कम पर्छ ।
– यदि स्तनपान गराउने महिलाले थप भिटामिन डी तथा क्याल्सियम लिँदैनन् भने तिनीहरूमा भिटामिन डीको कमी हुने सम्भावना रहन्छ ।
– अस्वाभाविक रूपमा बढी तौल भएका व्यक्तिमा भिटामिन डीको कमी रहन्छ ।
– छालामा सूर्यको किरण परेपछि भिटामिन डी बन्ने गर्दछ । त्यससपछि भिटामिन डीलाई शरीरले उपभोग गर्नसक्ने तुल्याउन थुप्रै रासायनिक प्रक्रिया हुने गर्दछन् । उत्पादित भिटामिनलाई कलेजोमा पठाउने काम हुन्छ ।
यदि हामीले थप भिटामिन डी वा भिटामिन डीयुक्त खाना खान्छौं भने पनि हाम्रो आन्द्राले त्यसलाई ग्रहण गरी कलेजो मै पठाउछ । कलेजोले उक्त भिटामिनलाई २५ (ओएच) डीमा परिणत गर्दछ । चिकित्सकले रगतमा भिटामिन डीको जाँच गर्न सल्लाह दिएमा जाँचिने तत्व नै २५ (ओ एच) डी हो । यही तत्वलाई रक्तसञ्चार माध्यमबाट मिर्गौलालगायत शरीरका सम्पूर्ण भागमा पुर्याउने काम हुन्छ ।
मिर्गौलाले उक्त तत्वलाई भिटामिन डीको सक्रिय रूपमा परिणत गर्छ र त्यही रूपको भिटामिन डीले हाम्रो शरीरमा आवश्यक क्रियाकलाप गर्ने गर्छ । शरीरमा भिटामिन डी कमी हुँदा ज्यादै थकाई लाग्ने, शरीर दुख्ने, कम्मर दुख्ने आदि हुन्छन् । तर कोहीकोहीमा भने कुनै पनि लक्षण नै नदेखिने पनि हुनसक्छ ।
भिटामिन कम भई जटिल अवस्थामा शरीरका हड्डी नै दुख्ने, ज्यादा कमजोर महसुस हुने र बिरामीलाई हिड्डुल गर्नसमेत अप्ठेरो पर्न सक्ने हुन्छ । कसै–कसैलाई चाहिँ शरीरमा बारम्बार किटाणुको संक्रमण भइरहने पनि हुन सक्छन् ।
धेरैजसो मानिसहरू आफूलाई कुनै समस्या नहुँदा पनि थप भिटामिन डीको मात्रा लिने गर्छन् । यदि ज्यादा मात्रामा भिटामिन डी खाएमा त्यसले शरीरमा विषादीकै जस्तो असर गरी हानी पुर्याउन सक्छ । यदि हामीले प्रतिदिन ४०,००० आइयुको मात्रामा भिटामिन डी लिई केही महिनासम्म लिने वा एकैपटक लिए पनि सोभन्दा बढी मात्रामा लियौ भने हानी गर्दछ ।
भिटामिन डी चिल्लो पदार्थमा घुलनशील हुने हुँदा यो हाम्रो शरीरबाट सजिलै हटेर जाँदैन । त्यसकारण हाम्रो रगतमा भिटामिन डीको मात्रा बढी हुन्छ र त्यसले रगतमा क्याल्सियमको मात्रा पनि बढाउछ । रगतमा आवश्यकभन्दा बढी क्याल्सियम हुने अवस्थालाई ‘हाइपरक्याल्सिमिया’ भनिन्छ ।
यस्तो हुँदा निम्न लक्षण देखा पर्दछन् :
– अत्याधिक थकाई लाग्ने
– दिग्भ्रमित हुने वा अलमलमा पर्ने
– बारम्बार पिसाब फेर्न मन लाग्ने
– पेट दुख्ने
– मांशपेशी कमजोर भएको महसुस हुने ।
– दिसा गोटा पर्ने (कब्जियत हुने) वा पखाला लाग्ने
– तिर्खाएको महसुस हुने।
– खाना अरूची हुने वा खाना खान मनै नलाग्ने ।
– हाइपर क्याल्सिमियाको जोखिम कम गर्न वा त्यसलाई नियन्त्रण गर्न बिरामीले चिकित्सकसँग परामर्श लिनुपर्छ । साथै थप भिटामिन डीको सेवन सुरु गर्दा वा पुनः सुचारू गर्दासमेत चिकित्सकको सल्लाह अनिवार्य हुन्छ ।
काल्पनिकता र वास्तविकता
संसारमा हालै गरिएका विभिन्न अनुसन्धानले के देखाएका छ भने माथि उल्लेखित जोखिमलाई न्यूनिकरण गर्न भिटामिन डीको कुनै महत्वपूर्ण भूमिका हुँदैन । तर हामीले हाम्रो अनुभव र अनुसन्धानबाट के पत्ता लगाएका छौं भने भिटामिन डीको कमी भएका व्यक्तिलाई उपयुक्त उपचार वा भिटामिन डी सेवनले यसबाट उत्पन्न विभिन्न समस्या निर्मूल पार्न सकिन्छ।
अर्को महत्वपूर्ण कुरा पनि के देखिएको छ भने हाम्रो देशका पहाडि भेगका मानिसमा रगतमा हुने भिटामिन डीको मात्रा तराई वा शहरमा बस्ने मानिसभन्दा बढी देखिन्छ । अर्को कुरा, नेपालीको शरीरमा सामान्य जोखिममुक्त भिटामिन डीको मात्रा अरू देशका मानिसभन्दा कम पनि हुन सक्दछ। यसका लागि वृहत राष्ट्रिय अनुसन्धान जरूरी छ ।
भिटामिन डी प्रशस्त पाइने खाना
हामीले खाने खानाबाट भिटामिन डी प्राप्त गर्नु भनेको अत्यन्तै गाह्रो काम हो। भिटामिन डी हाम्रो खानामध्ये एकदमै थोरै प्रकारका खानामा मात्रै पाइन्छ । भिटामिन डीयुक्त खानामध्येका केही निम्न बमोजिमका छन् :
– टुना, म्याकरेल र साल्मोनजस्ता बोसोयुक्त माछा
– थप भिटामिन डीद्वारा प्रबद्र्धित खाना जस्तै, दुग्धजन्य पदार्थ (चिज), सुन्तलाको जुस, सोया मिल्क (भटमासको दूध) र गेडागुडी
– कलेजो
– चिज
– अण्डाको पहेँलो भाग
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन । अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ । तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं ।
(डा नेपाल आर्थोपेडिक्स सर्जन हुन्।)
निर्जला एकादशीको अबसरमा सर्वत पानी बितरण
भैरहवा । लुम्बिनी गु्रप अफ ईण्ड्रिटिजले निर्जला एकादशीको अबसरमा सर्वत पानी बितरण गरेको छ ।
तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि नागरिकको सेवाका लागि लुम्बिनी ग्रुप अन्तरगतको लुम्बिनी स्ट्रिप र लुम्बिनी फोमले उद्योग अगाडि सर्वत पानी बितरण गरेको उद्योगका प्रबन्धक कुलप्रसाद काफ्ले जानकारी दिनुभयो ।
प्रबन्धक काफ्लेका अनुसार बाटोमा हिड्ने बटुवादेखि रिक्सा चालक, यात्रुहरु र स्थानियलाई सर्वत पानी बितरण गरिएको छ ।
उहाँले ५ सय बढीलाई सर्वत पानी तथा चिसो पानी वितरण गरिएको जानकारी दिनुभयो ।
अत्याधिक गर्मीमा यात्रा गरिरहेका नागरिकले सर्वत पानी र चिसो पानी पिउन पाएपछि खुसि महशुष गरेको थिए ।
उहाँले उद्योगले यस्तै खालका अन्य सामाजिक कार्य पनि गर्दै आएको जानकारी दिनुभयो ।
ण्ण्ण्ण्ण्ण्
पन्चेबाजा घन्काउदै बुटवलका महिला
सीता काफ्ले
रुपन्देही । बुटवल १३ वेलवासकी सरस्वती मरासिनीले होटल व्यवसायि संचालन गर्दै आउनु भएको थियो । कोभिड १९ र त्यसपछिको आर्थिक मन्दिका कारण उहाँले होटल व्यवसायलाई दिगो रुप दिन नसकेपछि बन्द गर्ने अबस्थामा पुग्नुभयो । कोभिड अगाडिसम्म राम्रोसंग चलेको होटल आर्थिक मन्दिका कारण चल्न नसक्ने अबस्था आएपछि बन्द गरेर बसेको मरासिनीको भनाई छ । केहि समयसम्म घरमै यत्तिकै बस्दै आउनुभएकी मरासिनिले बुटवल उपमहानगरपालिकाले पञ्चेबाजा बजाउने तालिम दिने थाहा पाएपछि उहाँले आफु सहित टिम बनाएर तालिम लिनका लागि प्रस्ताव हाल्नुभयो ।
मौलिक लोक संस्कृतिको संरक्षण तथा महिलाहरुलाई आर्थिक आय आर्जनमा जोड्न भन्दै बुटवल उपमहानगरपालिकाले सरस्वति मरासिनी नेतृत्वको वेलवास महिला पञ्चेबाजा बुटवल १३ समुहसहितका ५ बटा महिला समुहलाई १५ दिने पञ्चेबाजा बजाउने तालिम दिएको थियो । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायतका बाजा बजाउन सिकाईएको थियो ।
उपमहानगरपालिकाले ती समुहलाई बाजा सेट उपलब्ध गराएर पञ्चेबाजा बजाउन सिकाएको थियो । १३ जना महिलाको एउटा समुह बनाएर ५ वटा समुहलाई १५ दिने तालिम दिईएको सामाजिक परिचालन, अन्तर सहकारी तथा संघसस्था समन्वय शाखा अधिकृत सहनशिला कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बुटवल ११ को श्रमिक महिला आमा समुह, दुर्गानगर जनजागिर्ती आमा समुह, वडा नम्बर ३ को चेतना पासाङ आमा समुह, वडा नम्बर ७ को क्षेत्री समाज महिला र दुर्गा मन्दिर आमा समुह र बुटवल १३ समुहलाई पञ्चेबाजा बजाउन सिकाईएको बताउनुभयो ।
पञ्चेबाजा बजाउन सिकेपछि आफुहरुमा थुप्रै खालका परिवर्तनहरु आएको बुटवल १३ समुहकी अध्यक्ष सरस्वती मरासिनिले बताउनु भयो । ४० बर्ष काटेका महिलाहरुका लागि पञ्चेबाजा तालिम पछि आर्थिक उपार्जनमा टेवा पुग्नुका साथै महिलालाई सक्रिय बनाउदै मनोरञ्जन समेत पैदा गरेको छ ।
सांगीतिक कलाको माध्यमबाट महिलाहरूले समाजमा नयाँ पहिचान बनाएका छन् । पहिले “पञ्चेबाजा त पुरुषकै काम हो” भन्ने सोचलाई तोड्दै महिलाहरूले सांस्कृतिक उत्तराधिकारलाई सम्हाल्ने र अगाडि बढाउन सहयोग गरेको छ । यसले समाजमा महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको छ । पञ्चेबाजा सिकेपछि छोराको विबाहमा पनि आफ्नै समुहले पञ्चेबाजा बजाएर औपचारिक शुरुवात गरिएको अध्यक्ष मरासिनीले बताउनुभयो । त्यसपछि वर पिपलको विबाह तथा उपमहानगरको स्थापना दिवसमा पनि बाजा बजाईएको उहाँको भनाई छ । उहाँले अहिले महिला समुहहरुले व्यवसायिक रुपमा पञ्चेबाजा बनाउन थालेको बताउनु भयो ।
पञ्चेबाजा बजाउन सिकेपछि महिलामा अहिले आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुनुका साथै थुप्रै परिवर्तन आएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । ‘नेपालको परम्परागत सांगीतिक सम्पदामा पञ्चेबाजाले एक महत्वपूर्ण स्थान ओगटेको छ, परम्परागत रूपमा पुरुषहरूले मात्र बजाउदै आएको पञ्चेबाजामा पछिल्लो समय महिलाहरूको सक्रिय सहभागिता देखिन थालेको छ । यो सबैभन्दा ठुलो उपलब्धी हो । प्रमुख पाण्डेयले भन्नुभयो–‘ पञ्चेबाजा सिकेपछि महिलाहरूमा धेरै प्रकारका सकारात्मक परिवर्तनहरू देखिएका छन्, जसले सामाजिक, आर्थिक र व्यक्तिगत स्तरमा सकारात्मक असर पारेको छ ।’
उपमहानगरले महिलाहरुलाई उद्यमशिलतामा जोड्नका लागि पञ्चेबाजा बजाउन सिकाउने देखि जुत्ताचप्पल बनाउन, सुनचाँदीका गरगहना बनाउन तथा सिलाई कटाईको तालिम दिएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरले दिएको दिएको पञ्चेबाजा तालिमले महिला आर्थिक सशक्तीकरण, सामाजिक मान्यता र सम्मान, नेतृत्व विकास, लैङ्गिक सशक्तीकरणमा पनि महत्वपुर्ण टेवा पुर्याएको उपप्रमुख सावित्रा देवि अर्यालले जानकारी दिनुभयो ।
पञ्चेबाजा सिकेपछि महिलाहरूमा आत्मविश्वास र आत्मसम्मान उल्लेखनीय रूपमा बढेको उपप्रमुख अर्यालको छ । पहिले घर–परिवार र खेतबारीमा सीमित भएका महिलाहरू अब गाउँघरको सार्वजनिक कार्यक्रमदेखि विवाह, भोज र सांस्कृतिक उत्सवमा पञ्चेबाजा बजाउँदै अगाडि देखिन्छन्, यसले उनीहरूलाई आत्मगौरवको अनुभूति गराएको छ, यसले हामीलाई पनि बडो खुसि बनाएको छ ।
पञ्चेबाजाको समूह बनाएर तालिम लिएका महिलाहरूले अहिले आम्दानी पनि गर्न थालेका छन् । विवाह, ब्रतबन्ध, नाचगानजस्ता कार्यक्रमहरूमा बजाउने शुल्कबाट महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेको उपप्रमुख अर्यालको भनाई छ ।
महिलाहरुलाई संगितकार सुरेश सेन्चुरी, अनिल पहारी लगाएतले तालिममा प्रशिक्षण दिनुभएको थियो ।
ण्ण्ण्ण्
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij