मंगलवार , मंसिर ९, २०८२
काठमाडौं, ९ मंसिर ।प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरुलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो । आफुहरु जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरुले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो । त्यसपछि उनीहरु हनुमानस्थान नजिक धर्नामा बसेका थिए ।
सो क्रममा जेनजी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्रीसंग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफुहरु भित्र जान खोजेको बताउनुभयो । जेनजी युवाहरुको मागलाई वेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रीय भएको बिषयमा आफुले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उहाको भनाइ छ । उहाले युवाहरुलाई स्वदेशमा नै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थीर सरकार आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाले प्रधानमन्त्रीलाई जेनजी युवाहरुको भावना बिपरित चल्ने छुट नभएको बताउनुभयो । उहाले अवको निर्वाचनमा राजनीतिक दलहरुलाई प्राथमिकता दिन खोजेको भन्दै पुरानै दलहरु पुन फर्किए आफुहरुको माग पुरा हुन नसक्ने उल्लेख गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij