२०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

प्रधानमन्त्री साहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

आइतवार , मंसिर ६, २०८३

  • 100
    Shares
  • 100
    Shares
  • काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तिब्र पारिएको छ ।

    प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि साह पहिलो पटक भारत भ्रमणमा जान लाग्नुभएको हो ।

    यसअघि उहाँ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुभएको थियो । प्रधानमन्त्री साहको यो दोस्रो विदेश भ्रमण हो । दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।