२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

नेकपाको सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्नेछ : दाहाल

मंगलवार , मंसिर ९, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, ९ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ ।

    अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (मोवादी केन्द्र), एकिकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताउनु भयो ।

    एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्नुहुँदै उहाँले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनितिक दललाई अपिल गर्ने बताउनु भयो ।

    उहाँले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उहाँको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ ।

    राजनितिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ 

    उहाँले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताउनु भयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गर्नुभयो ।