२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

चन्द्र लावरको “तयार छु गित” को भिडियो सार्वजनिक

शनिवार , आषाढ २८, २०८२

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा २८ असार । चन्द्र लावरको नयाँ नेपाली गिततयार छू हालै सार्बजनिक भएको छ।प्रख्यात संगीतकार शिखर सन्तोषको संगीत संयोजन डा.दुबशु क्षेत्रिको शब्द रहेको उक्त गितमा भारतकी प्रसिद्द गायिका संजिबनिले उनलाई साथ दिएकी छिन्। दिपेन्द्र खत्री, लिसा बर्नवालको अभिनय रहेको उक्त भिडियोमा प्रसन्न कुँवरले छायांकन गरेका हुन्।

    प्रख्यात अभिनेता राजाराम पौडेलको हातबाट बिमोचन गरिएको उक्तकार्यक्रममा लेखक तथा साहित्यकार मनोज लामिछाने, हालै बेलायतमा आफ्नो कार्यकाल सपन्न गरेर फर्केका पूर्वराजदुत गहेन्द्रराज भण्डारी, मेडिकल ब्यबसायी तथा रचनाकार पारस, होटल ब्यबसायी संजय पराजुली, डा.जितेन्द्र परियार, डा.सुनन्दसुन्दा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    वजवजवजव.jpg
    undefined

    परदेशमा बसेर पनि लामो समय देखि नेपाली गित, संगीतलाई योगदान पुर्याउदै आएका गायक चन्द्र लावरले पछिल्लो पटक पनि २ वटा गीत बजारमा ल्याएका थिए । यो गित ईमेजएफ.एम.मा आर्टिस्ट ओफ द वीकमा सुन्न सकिनेछ भने युट्युब च्यानलमा पनि हेर्न सकिनेछ।