बुधवार , आश्विन २१, २०८३
काठमाडौँ, २१ असोज । काठमाडौंमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा नेता किशोर सिंह राठौरले पार्टी सभापतिको उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
पार्टीभित्रको असहज परिस्थिति र वृहत्तर हितलाई मध्यनजर गर्दै आफूले सभापतिको दौडबाट पछि हटेर सभापति गगनकुमार थापालाई समर्थन गर्ने निर्णय लिएको उहाँले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । राठौरले उम्मेदवारी फिर्ता लिनुको पछाडि कुनै ‘बार्गेनिङ’ नभएको दाबी गर्नुभएको छ । उहाँले कुनैपनि पदको प्रलोभनमा नपरी पार्टीको हित र कार्यकर्ताको भावनालाई कदर गर्दै यो निर्णय लिएको बताउनु भयो । आफ्नो ४० वर्ष लामो राजनीतिक अनुभव सुनाउँदै नेता राठौरले काँग्रेसभित्र मौलाएको अराजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उम्मेदवारी फिर्ता लिनुको कारण स्पष्ट पार्दै नेता राठौरले भन्नुभयो, ‘पार्टी अहिले असाध्यै अप्ठ्यारो मोडमा छ । पार्टीलाई एक ढिक्का बनाउन र बलियो बनाउन हामीले मिलेर जानुपर्ने आवश्यकता देखेर मैले यो निर्णय लिएको हुँ ।
मैले कुनै पदको बार्गेनिङका लागि होइन, बरु पार्टीको आन्तरिक कलह अन्त्य र न्यायपूर्ण प्रणाली स्थापना गर्नुपर्ने देखेर गगनजीलाई सहयोग गर्ने निर्णय गरेको हुँ । पार्टीमा न्यायको अनुभूति हुनुपर्छ । टिकट वितरणमा हुने असन्तुष्टि र त्यसपछि
नयाँ पुस्ताको राजनीतिमा आगमनलाई सकारात्मक रूपमा लिँदै उहाँले युवा पुस्तालाई काँग्रेसको गौरवमय इतिहास, संस्कार र मर्यादित राजनीतिक शैलीबारे बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij