२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स सिद्धार्थनगर र सिद्धार्थनगर लोटसद्वारा वृक्षरोपण

शनिवार , आषाढ २८, २०८२

भैरहवा, २८ असार । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले संयुक्त वृक्षरोपण कार्यक्रम गरेको छ । यी क्लबले शनिबार बिहान रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिर परिसरमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालको सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले वातावरणलाई स्वच्छ बनाउनका लागि वृक्षरोपण आवश्यक रहेको बताउनुभयो । उहाँले विरुवा रोप्नुका साथै त्यसको रेखदेख जरुरी रहेको बताउनुभयो । ‘हरेक वर्ष विरुवा रोप्छौं, रोपेर मात्र अर्थ छैन, एउटा व्यक्तिले कम्तीमा एउटा विरुवाको जिम्मेवारी लिएर संरक्षण गर्न सकिए वृक्षरोपण कार्यक्रमको उपलब्धी हुन्छ, ’उहाँले भन्नुभयो ।

लायन्स डिष्ट्रिक एडभाईजर अनिता थापाले लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटस अझ उचाईंमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५÷०२६ का अध्यक्ष धर्मराज आचार्यले लायन्स इन्टरनेशनलको विधा अनुसार कार्यक्रम गरिएको बताउनुभयो । उहाँले रोपिएको विरुवाहरुको संरक्षण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष आचार्यले रुख–विरुवाले वायु प्रदूषण पनि कम गर्ने भएकाले वृक्षरोपणको महत्व रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक गंगासागर अग्रहरीले पवित्रस्थल मन्दिरमा पवित्र कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्य र लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष सरिता आचार्यको स्वागत, गंगासागर अग्रहरी र सिर्जना जोशीको संयोजकत्व तथा लायन्स सिद्धार्थनगरका सचिव रघु प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

IMG_9442.JPG

कार्यक्रममा ३५ वटा विरुवा रोपिएको आयोजकले जनाएका छन् ।