images

सोमवार, बैशाख १७ गते २०८१

साई ग्लोबल कप : सेमीफाइनल समीकरण पूरा

साई ग्लोबल कप : सेमीफाइनल समीकरण पूरा

images
images
images
शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • साई ग्लोबल कप : सेमीफाइनल समीकरण पूरा

    भैरहवा, १८ फागुन ।
    रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ को सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएका दुई खेलमा विजयी हुँदै शान्ति नमूना उच्च मावि र न्यू होराइजन ‘ए’ सेमीफाइनलमा प्रवेश गरेसँगै समीकरण पूरा भएको हो । बिहीबार जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल सेमीफाइनलमा प्रवेश गरेका थिए ।

    images

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा शान्ति नमूनाले सेन्टजोसेफ इङ्गलिस बोर्डिङ हाई स्कूललाई २६ रन र न्यू होराइजनले रुपन्देही क्याम्पसलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् । फाइनल प्रवेशका लागि शनिबार यी ४ टीमबीच स्पर्धा हुनेछ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको शान्ति नमूनाले निर्धारित खेलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको योगफल बनायो । उसका लागि भुवन गैरे र नविन भण्डारीले १९–१९ तथा आशुतोष पाण्डेले १३, कुशल ढकाल र रोशन बस्यालले १०–१० रन जोड्न सफल भए । बलिङमा सेन्टजोसेफका निरज गौतम, वसिम खाँन र कृष्ण गिरीले समान २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सेन्टजोसेफ १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो । उसका लागि अभिषेख गौतमले ५९ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । 

    बलिङमा शान्ति नमूनाका लक्ष्मण कुमाल र प्रविण ढकालले समान ३–३ तथा आशुतोष पाण्डे र सन्दीप यादवले १–१ विकेट लिए । खेलमा शान्ति नमूनाका लक्ष्मण कुमाल म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको न्यू होराइजन ‘ए’ले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ६३ रनको उच्च योगफल बनायो । उसका लागि अमर मिश्रले ७७ रनको अविजित अर्धशतकीय पारी खेले । यस्तै, राहुल भण्डारी र निश्चल ज्ञवालीले २८–२८ रन जोड्दा संगम पाण्डेयले १४ रन बनाए । बलिङमा रुपन्देही क्याम्पसका सन्तोष यादव र राहुल साहनीले समान २–२ तथा जितेन्द्र केवटले १ विकेट लिए ।

    प्रतिउत्तरमा ब्याटिङमा आएको रुपन्देही क्याम्पस ११ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर ४४ रनमै समेटियो । उसका लागि आनन्द गौडले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीमले हार व्यहोर्यो । बलिङमा रुपन्देही क्याम्पसलाई सस्तैमा रोक्न न्यु होराइजन ‘ए’ का निराजन भट्टराईले ३ तथा महेश भर, कमरन खान र निरज घिमिरेले समान २–२ विकेट लिए । न्यु होराइजनका अमर मिश्र म्यान अफ द म्याच भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमी भैरहवाको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद रु. ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । 

    यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन २० गतेसम्म चल्नेछ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij