२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सांसद् घिमिरेको माग

शुक्रवार , फाल्गुण १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १८ फागुन । 
    प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् घिमिरेले थप सरकारी, सामूदायिक, निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा सेवा विस्तार गर्न सरकारसँग माग गरेका हुन् ।

    स्वास्थ्य बीमा कार्यक्रम आफैमा लोककल्याणकारी कार्यक्रम भए पनि यसको प्रभावकारितामा गम्भीर समस्याहरु देखिएको बताउँदै सांसद् घिमिरेले सीमित अस्पतालमा मात्र बीमा सुविधा पाइने भएकोले ती अस्पतालहरुमा बिरामीको अधिक चाप हुँदा बिमितले सहज रुपमा सेवा पाउन नसकेको बताए ।

    सेवा लिन जाँदा प्रक्रियागत झन्झट, समयमा उपचार नहुने र धेरैजसो औषधि नपाइने समस्यालाई हटाउन उनले सरकारको ध्यानाकर्षण गराए । सेवा प्रदायक अस्पतालले सेवालाई गुणस्तरीय बनाएर बिरामीको सहज उपचारको व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

    स्वास्थ्य बीमा कार्यक्रम; स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच पुर्याउने सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ बाट सुरु भएको यो कार्यक्रममा हाल झण्डै २२ लाख १६ हजार परिवारका ७१ लाख ८१ हजार नागरिक आबद्ध छन् । स्वास्थ्य बीमाको सुविधा हाल ४४० स्वास्थ्य संस्थामा उपलब्ध छ ।