२०८३, आषाढ २ गते

Jun 16 2026 | २०८३, आषाढ २ गते

नेता खाँणले मन्त्रीहरुलाई भने : कुर्सीमा बस्ने नैतिकता छैन्, झिटिगुन्टा कस्दै गर्नु

सोमवार , फाल्गुण ३, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको दिन गन्ती सुरु भएको बताएका छन्। कम्युनिष्ट सरकारले दुई वर्षको अबधिमा जनताले महसुुुुस गर्ने गरी कुनैपनि काम नगरेकाले सरकारमा बसिरहनुको औचित्य नभएको जिकिर गरे। 

    नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले प्रधानमन्त्री तथा मन्त्रीहरु कुर्सिमा बस्ने नैतिक आधार गुमेकाले आफ्ना झिटिगुन्टा व्यवस्थापन गर्न चेतावनी समेत दिए। 

    नेता खाँणले भने –‘कम्युनिष्ट सरकारले जनतालाई रुन पनि दिएको थिएन र हास्न पनि दिएको थिएन, तर अब जनता होइन कम्युनिष्टको रुने दिन आयो।’ कम्युनीष्ट सरकारले निरन्तर रुपमा संविधान माथी प्रहार गरिरहेको नेता खाँणको आरोप छ। 

    संविधान माथी प्राहार गरेर कम्युनीष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनीष्ट सरकार नभई कम्युनीष्ट राज्य व्यवस्था ल्याउन खोजेको खाँणले बताए।