images

शुक्रवार, बैशाख २१ गते २०८१

बुटवलमा प्रथम अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुँदै

बुटवलमा प्रथम अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुँदै

images
images
images
सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • बुटवलमा प्रथम अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुँदै

    रुपन्देही, २९ माघ ।
    रुपन्देहीको बुटवलमा प्रथम अनतरविद्यालयस्तरीय लोकनृत्य प्रतिया्गिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते प्रतियोगिता हुन लागेको हो । 

    images
    images
    images

    लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिढीलाई लोक संस्कृतिको जानकारी दिन नृत्य गर्न लागिएको साँस्कृतिक संयोजक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष नारायण पुनले बताए । उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समूहले मात्र भाग लिन पाउनेछन् । प्रतियोगिताका लागि उपमहानगरभित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् । 

    प्रतियोगितामा प्रथम हुने विद्यालयले रु. १ लाख नगद पुरस्कारसहित प्रमाणपत्र पाउने संयोजक पुनले बताए । उनका अनुसार द्वितीय हुनेले रु. ६० हजार र तृतीय हुने २ समूहले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

    यस प्रतियोगिताबाट विद्यालयस्तरमा लोक परम्परा, नेपालीको लोक भाका र साहित्यसम्बन्धी जानकारी विद्यार्थीले पाउने आशा लिइएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताए । उनले स्थानीय जनप्रतिनिधि आइसकेपछि हरेक तहमा नयाँ खालका कार्यक्रमको सुरुवात भएको र ती कार्यक्रमको प्रभावसमेत सकारात्मक परेको बताए । यस्ता साँस्कृतिक कार्यक्रम, खेल कार्यक्रलाई हरेक वर्षको बजेटमा पनि समेटिने नगरप्रमुख पाण्डेयले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij